कैलाली प्रहरीद्वारा दुइ छुट्टाछुट्टै घटनाका १० जना आरोपी सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलाली प्रहरीद्वारा दुइ छुट्टाछुट्टै घटनाका १० जना आरोपी सार्वजनिक


प्रशासन विशेष ब्युरो

१ चैत्र २०७४, बिहिबार


धनगढी । गत फागुन २८ गते राती कैलालीको घोडाघोढी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्तालाइ सार्वजनिक गरेको छ ।

नगरप्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका घोडाघोडी नपा वडा नं १ बस्ने ४० बर्षिय कमल क्षेत्री, घोडाघोडी नगरपालिका ९का ३६ बर्षिय भरत शाह, धनगढी उपमहानगर ८ का पूर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १का ह्दयराज वोगटीलाइ प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा संलग्न रहेको भन्दै १३ जनाका नाममा किटानी जोहरी रहेकाले अन्यको खोजी भइरहेको वताए । उपरीक्षक घिमिरेल भने ‘थप अनुसन्धान जारी रहेको छ ।’

यसैगरी प्रहरीले फागुन २४ गते घोडाघोडी नगरपालिकाका देवकलीयामा वोक्सी आरोपमा किशोरीलाइ यातना दिएको आरोपमा पक्राउ परेका ६ जनालाइ सार्वजनिक गरेको छ । घटनाको मुख्य अभियुक्त भोलेवावा भनिने रामवहादुर चौधरी, वावाकी मुख्य सहयोगी १८ बर्षिय किस्मती चौधरी, २४ बर्षिय स्मारिका चौधरी, घोडाघोडी वडा नं ५ वस्ने ३४ बर्षिय वेदप्रसाद चौधरी, सोही ठाउँका ३३ बर्षिय चनकला चौधरी र ४१ बर्षिय सितारानी चौधरीलाइ सार्वजनिक गरेको छ । उनीहरु सवैले आफ्नो अपराध स्वीकार गरेका छन् ।

दुबै घटनामा प्रहरीले अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस