विषय विवेचना : श्रृंखला ७ « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

विषय विवेचना : श्रृंखला ७


१ चैत्र २०७४, बिहिबार


समावेशीकरणको हालसम्मको परिवेश

  •  पहिले सामाजिक वृत्तमा र पछि क्रमशः राजनीतिक वृत्तमा प्रवेश पाएको एजेण्डा
  •  पैरवी, अभियान हुँदै नीति र संरचनामा समेत प्रयोगमा आएको र विधि र व्यवहार दुवैमा यसको खोजी हुनसक्ने
  •  लैगिक समानता तथा सामाजिक समावेशीकरण भनेर पनि फरक एजेण्डामा राख्ने गरिएको
  •  विविधतामैत्री राज्यसञ्चालन प्रकृयाको माग हुने गरेको
  • समावेशीकरण सम्वन्धमा साझा वुझाई तथा आन्तरीकीकरण आवश्यक
  •  समानुपातिक निर्वाचन पद्धतिको प्रयोग, आरक्षण र सकरात्मक विभेद तथा लक्षित कार्यक्रमहरुको माध्यमबाट समावेशीकरणको प्रकृया अघि वढेको छ ।

प्रमुख सवालहरु

  •  संरचनात्मक कारणले असमानता व्याप्त रहेको छ, वहिष्करण छ ।
  •  समावेशीकरणको खाँचो राजनीति प्रशासन निजी क्षेत्र सामाजिक क्षेत्रमा समेत रहेको
    हुन्छ ।
  •  समावेशीकरणको औजारका रुपमा आरक्षणको प्रयोग गर्दा आर्थिक सामाजिक सूचक हेरिएन  ।
  • वर्तमान संविधानमा समावेसी आयोग हुँदा हुँदा केही जातिविशेषका आयोगको व्यवस्था हुनु के ठीक थियो त ?
  •  नीति ठीक हुँदाहुँदै नीतिका औजारहरु प्रयोगमा खरावीहरु देखिए। प्रयोगपक्षमा निखार ल्याउँदै सारभूतरुपमा समावेशीकरणलाई सफल तुल्याउनु आवश्यक छ । जस्तै : अपांगताको नाममा सामान्य खालको अपांगताले समेत फाइदा लिएको प्रशंग ।
  •  समावेशीकरणको विषय अन्य रुपान्तरणसँगै सवैक्षेत्रसँग अन्तरसम्वन्धित भएर आउनुपर्दछ न कि यो एउटा छुट्टै विषयको रुपमा ।
  •  निरन्तर नीति तथा कार्यक्रमको महत्वपूर्ण पाटोको रुपमा रहनुपर्दछ ।
  •  सूचना व्यवस्थापन, Research and study तथा पृष्ठपोषण एवं समीक्षा गरी समावेशी कदमलाई आधारयुक्त वनाउनुपर्ने ।

आगामी कार्यदिशा

  •  निर्वाचन पद्धतिका रुपमा रहेको समानुपातिक निर्वाचन प्रणालीलाई थप प्रभावकारी वनाउन यसका संरचना, व्यवहारलाई कमजोर समूह वा समुदायमुखी बनाउन आवश्यक छ । निजामती सेवा र अझ सवै सार्वजनिक सेवामा लागू गरिने आरक्षण र सकरात्मक विभेदको नीतिलाई आर्थिक, सामाजिक स्तरसँग आवद्ध गरिनुपर्दछ ।
  •  समावेशीकरणको नाममा वितरणमुखी र आरक्षणका कोटा जस्ता नीति तथा कार्यक्रमलाई लामो समय लम्व्याउनुभन्दा जीवनोपयोगी र देशको उत्पादकत्व वढाउन सहयोग पुग्नेखालका सीपयुक्त शिक्षामार्फत सृजनशीलता उत्पन्न गरी सशक्तिकरणमा सहयोग पुर्याउने ।
  • पुनर्वितरणकारी नीति र स्वयंमसेवा परिचालनसमेत गरी सक्नेबाट स्रोत उठाई नसक्ने समुदाय वा बस्तीमा पूर्वाधार र जीवनयापनमा सहयोग पुर्याउने । जस्तै : बत्ती बालेका परिवारबाट रकम जम्मा पारेर सञ्चलानमा ल्याइएको कर्णाली उज्यालो कार्यक्रम ।
  •  सन्धीको अवलम्वन र सामाजिक एजेण्डाको समर्थन गर्दा नेपालको सामाजिक विशेषता र राष्ट्रिय हितअनुकूल भएनभएको विषयको गहिरो परख गर्नुपर्ने ।
  •  अनुदानमुखी भन्दा क्षमतामुखी र आगतमुखी भन्दा परिणाममुखी कार्यक्रमहरु सञ्चालन गर्ने ।
  •  सूचना तथा तथ्यांकको व्यवस्थापन तथा खोज अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्ने ।
  •  मूलत: पहिचान गरिएका जोखिममा रहेका समूह वा समुदायलाई आधारभूत आवश्यकता परिपूर्ति, शिक्षा, स्वास्थ्य, व्यवस्थित वसोवास र सुरक्षण वा विमाको प्रवन्ध गर्ने पहल हुनुपर्ने ।
  •  स्थानीय र प्रादेशिक तहमा समेत समावेशी विकासका अवयवहरुमा कानून तथा नीति वनाउनुपर्ने । लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवन्ध आवश्यकताको म्यापिङ एवं वजेट निर्माण कै चरणमा हुनुपर्ने ।
  • आरक्षण एउटा तत्कालिक एवं अस्थायी प्रवन्ध भएको कुरा आरक्षण प्राप्त गर्ने प्रस्तावित समूहलाई जानकारी गराउनुपर्ने । निश्चित समयको अन्तरालमा सहभागिताको प्रगतिसमेत समीक्षा गरी सुविधा कटौति गर्ने निर्णय लिनु उपयुक्त हुने ।

र यो पनि

विषय विवेचना : श्रृंखला १

विषय विवेचनाः श्रृंखला २

विषय विवेचना : श्रृंखला ३

विषय विवेचना : श्रृंखला ४

विषय विवेचना : श्रृंखला ५

विषय विवेचना : श्रृंखला ६ 

Tags :
प्रतिक्रिया दिनुहोस