विषय विवेचना : श्रृंखला ५ « प्रशासन
prasaLogo
१७ फाल्गुन २०७४, बिहीबार

विषय विवेचना : श्रृंखला ५


प्रकाशित मिति : 1 March, 2018 11:49 am

दिगो विकास लक्ष्यको आधार

• संयुक्त राष्ट्र संघको अगुवाईमा तयार पारिएको विकास प्रतिवद्धता
• सहस्राव्दी विकास लक्ष्यको सफल प्रयोगपश्चात यसैको अर्को संस्करणका रुपमा अघि सारिएको १५ वर्षे विकास खाका
• मूलत सर्वपक्षीयरुपमा दिगोपनसहितको विकास के कसरी हाँसिल गर्ने भन्ने विषयलाई १७ वटा लक्ष्य र १६९ वटा गन्तव्यका रुपमा समेटिइएको
• प्रत्येक देशलाई विकासका लक्ष्य हाँसिल गर्ने रणनैतिक ढाँचा तयार गर्न, प्राथमिकता निर्धारण गरी प्रगति अनुगमन गर्न तथा विकास साझेदारहरुको प्रतिवद्धता सुनिश्चित गर्ने पहल
• 5P= People, Peace, Prosperity, Partnership and Planet  यसका Core Principle का रुपमा रहेका
• “Leave no one behind” and “Sustainable development at the core” वाट निर्देशित ।
• सन् २०१५ को सेप्टेम्वरमा घोषणा भई २०१६ जनवरी १ बाट लागू भएको । सन् २०१५ को डिसेम्वरमा भएको  The Paris Climate Agreement थप बल प्रदान गरेको ।

दिगो विकास सम्वन्धी सवालहरु

• गरिवी, असमानता, आतंकवाद कायमै छ ।
• विकास साझेदार र वहुराष्ट्रिय कम्पनीका आआफ्नै लगानी क्षेत्र र प्राथमिकता छन् ।
• जलवायु परिवर्तन, वातावरणीय असन्तुलत तथा अव्यवस्थित वसोवासको चपेटामा नेपालजस्तै विपन्न देशहरु पर्दैछन् ।
• भौतिक, आर्थिक, सामाजिक, सहकार्यात्मक विकासवीच नै असन्तुलन देखिन्छ ।
• दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने विषय पेचिलो वन्दै गएको छ ।
• नीतिगत सामञ्जस्यता तथा संस्थागत प्रवन्ध कमजोर छ ।
• सवै तहमा सक्षमताको कमी देखिन्छ ।
• अवधारणालाई नै थप सरल र कार्यान्वयनयोग्य वनाउनुपर्ने आवश्यकता छ ।

आगामी कार्यदिशा

• सहस्राव्दी विकास लक्ष्यका उपलव्धीलाई अवसरका रुपमा लिँदै वाँकी एजेण्डालाई दिगो विकास लक्ष्यका सूचकहरुमा ढाल्नुपर्ने । “Build on MDGs”
• गुणस्तरीय र पछिसम्मको आवश्यकता पूरा गर्ने पूर्वाधार विकासमा जोड दिने । (Energy source, water, road etc)
• Regarding SDG’s first need is to internalize it in our case and context. We may stick to the framework and do envisioning exercise. Need assessment and financing strategy is equally important.
• It has to be clear that how households, community can contribute to the movement.
•  Private sector should be consulted and brought into board because up to 90% job is created by market.
• Innovative and alternative resources को खोजी र सदुपयोग गर्ने ।
• वातावरणीय आर्थिक सामाजिक सांस्कृतिक मानवीयका साथै शासकीय आयाममा सुधारलाई पनि सँगसँगै अघि वढाउने ।
• साझा तथा फरक जिम्मेवारीलाई विश्वस्तरमै कृयाशील वनाउने । जोखिममा रहेका देश, समुदाय, भूभागका विशिष्ट आवश्यकताको संवोधन गर्ने ।
• वातावरण संरक्षणलाई अभियानकै रुपमा सञ्चालन गर्ने । जस्तै स् बागमती सफाई, चुरे संरक्षण ।
• विकासमा सामुदायिक सहभागिताका साथै रैथाने र उपयुक्त कार्यसंस्कृतिको अवलम्वन गर्ने ।
• विश्व तहको अन्तरदेशीय राष्ट्रिय प्रादेशिक र स्थानीय सम्म नै साझा वुझाईका साथै स्रोत प्राप्ति र प्रयोगको स्पष्ट खाका प्रयोगमा ल्याउनुपर्ने ।
• निजी क्षेत्रको विकास र जुझारु सहभागितामा जोड दिने ।
• हरित अर्थतन्त्र, चक्रिय अर्थतन्त्र र स्वच्छ उर्जा प्रवर्द्धनलाई प्रयोगमा ल्याउने ।
• सहअस्तित्वको पूर्वीय सभ्यताको प्रवर्द्धन गर्ने
• रणनैतिक अवसरका रुपमा रहेको जलविद्युत, पर्यटन, Transit economy, ICT, Social services लाई देशभित्र र वाहिर पनि प्रयोगमा ल्याई मूल्य अभिवृद्धि गर्ने ।
• विकासका लागि सहयोगी राजनीतिक अभ्यास गर्ने ।
• क्षेत्रीय अन्तरसम्वन्ध वढाउने खालका संयन्त्रबाट फाइदा लिने । जस्तै One Belt One Road
• समय संस्कृति, कार्यसंस्कृति र इमान्दारितालाई सकरात्मक नेपाली पहिचानकै रुपमा विकसित गर्ने ।

र यो पनि,

विषय विवेचना : श्रृंखला १

विषय विवेचनाः श्रृंखला २

विषय विवेचना : श्रृंखला ३

विषय विवेचना : श्रृंखला ४

Tags :
प्रतिक्रिया दिनुहोस