विमान दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विमान दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त


प्रशासन विशेष ब्युरो

२८ फाल्गुन २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष आज काठमाडौंमा भएको यूएस बंगलाको बम्बार्डियर विमान दुर्घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

बंगलादेका प्रधानमन्त्रीलाई टेलिफोन मार्फत प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख ब्यक्त गरेका हुन् ।

यसै क्रममा प्रधानमन्त्री ओलीले दुर्घटनामा दिवंगत भएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गरे ।

त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खवर पाउनासाथ नेपाल सरकारले शीघ्रातिशीघ्र उद्धार कार्य अघि बढाएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिए ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस