५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

अ+ अ-

उदयपुर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताएका छन् ।

उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हाम्रो परम कर्तव्य रहेको बताउँदै भने, ‘राष्ट्रहित विपरीत हुन सक्ने आन्तरिक तथा बाह्य चुनौतीको सिलसिलामा नेपालको संविधानबमोजिम सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न नेपाली सेनाले कुनै कसर बाँकी राख्ने छैन ।’

पुर्खाले आर्जेको सुनौलो तथा गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सधैँ कटिबद्ध छौँ भन्दै परिवर्तित राज्य व्यवस्थालाई आत्मसात् गर्दै प्राप्त जिम्मेवारी वहन गर्ने क्रममा भूपू सैनिकले दिएको योगदानले नेपाली सेनाको विशिष्ट पहिचान स्थापित भएको बताए ।

खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका भूपूहरु सहभागिता रहेको यो सम्मेलनमा भूपूमध्ये ९१ वर्षीय रत्नबहादुर कटुवाललाई प्रधानसेनापति क्षत्रीले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरे । एक हजार ३२० भूपू सैनिकको उपस्थिति रहेको सम्मेलनमा एक हजार ३८ भूपू सैनिकको स्वास्थ्य परीक्षण गरिएको थियो । सम्मेलनका क्रममा अशक्तलाई ह्विल चेयर वितरण गर्नाका साथै लघुवित्त कार्यक्रम सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको थियो ।

समारोहमा बलाध्यक्षरथी हेमन्त मल्ल, अवकाशप्राप्त रथी फत्तेबहादुर लिम्बू, सैनिक कल्याणकारी कोषका कार्यकारी अधिकृत पद्मविलास कार्कीलगायतले जीवनको महत्वपूर्ण क्षण मुलुकको हितका खातिर खर्चेका भूपू सैनिकका जीवनस्तर उकास्नका लागि कोषबाट भइरहेका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिएका थिए । सम्मेलनका क्रममा पूर्व पृतना मातहतका गणबाट ओखलढुंगा, खोटाङ, उदयपुर र सोलुखुम्बुको विविध सांस्कृतिक वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस