२७ बैंकको एनआईसी एशियासँग कारोबार बन्द गर्ने निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२७ बैंकको एनआईसी एशियासँग कारोबार बन्द गर्ने निर्णय


२५ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । २७ वाणिज्य बैंकले एनआईसी एशिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गर्ने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघको शुक्रबार बसेको आकस्मिक बैठकले एनआईसी एशियासँगको कारोबार बन्दको निर्णय गरेको हो ।

एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघको यस्तो ‘एक्सन’ निर्णय गरिएको हो ।

यसअघि, संघले बचत खातामा ८ र अन्य मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए । तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको भन्दै संघले कारोबार रोक्काको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस