काठमाडौं । नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राई र विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।
यस्तै भण्डारीले पनि संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन् ।
भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।