गाडीको ठक्करबाट एकको मुत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गाडीको ठक्करबाट एकको मुत्यु


२१ फाल्गुन २०७४, सोमबार


बस दुर्घटना

दाङ । गाडीको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नंको बसले थापालाई ठक्कर दिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– १ सुनडबरीमा थापालाई उक्त बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न दाङ आउँदै गर्दा दुर्घटनामा परेका थिए । गम्भीर घाइते थापालाई लमही अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस