नेपाली शान्ति सेनाको प्रशंसा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली शान्ति सेनाको प्रशंसा


प्रशासन विशेष ब्युरो

२० फाल्गुन २०७४, आइतबार


काठमाडौँ । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्ति सैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् ।

येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ ।

गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले शिविर स्थापना गरी कार्यक्षेत्रमा नियमित गस्तीलगायत सुरक्षा सतर्कताका उपाय प्रभावकारी तुल्याउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस