५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटामा बाघको फोटो संकलन गरिँदै

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको फोटो संकलन कार्य शुरु भएको छ ।

स्वचालित क्यामराबाट फोटो संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित फोटो हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए ।

‘पाटे बाघको एउटा फोटो अर्को फोटोसँग मिलाएर हेर्दैछौँ,’ उनले भने । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा बाघ देखापरेको उनले बताए । बाघको संख्या कति छ भन्नेबारे फोटो विश्लेषणपश्चात्मात्रै थाहा हुने घिमिरेको भनाइ छ ।

विगतका वर्षहरुको तुलनामा बाघको संख्या बढेको उनी बताउँछन् ।‘फोटो विश्लेषणपश्चात् संख्या यकिन हुनेछ,’ घिमिरेले भने । शुक्लाफाँटामा गत माघ २० गतेदेखि क्यामरा ट्र्यापिङको सहायताले बाघ गणना शुरु गरिएको थियो । बाघ गणनाका लागि चारवटा हात्तीसहित ९० जना प्राविधिकको टोली परिचालन गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालयमा चार, जोगबुढा क्षेत्रमा तीन समूह गरी कूल ११ समूहले एकैसाथ बाघको गणना गरेको घिमिरेले बताए । स्वचालित ६० जोर क्यामरा, सन्टो कम्पास, रेञ्ज, फाइण्डर र जिपिएस उपकरणको प्रयोग गरी बाघ गणना गरिएको थियो । कूल पाँच हजार ५०० किलोमिटर क्षेत्रभित्र बाघ गणना गरिएको थियो । डडेल्धुराको जोगबुढा क्षेत्रमा निकुञ्जले पहिलो पटक बाघ गणना गरेको हो ।

सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो भने सन् २०१३ मा बढेर १७ पुगेको थियो । सन् २०२० सम्म सरकारले बाघको संख्या दोब्बर पार्ने योजना बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस