धनगढी । आदर्श सेवा समाज धनगढीले होली मिलनको आयोजना गरेको छ । समाजले उत्तरबेहडी स्थित आफ्नै नवनिर्मित भवनमा कार्यक्रमको आयोजना गरेको हो ।
समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्म्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बासुदेव पाण्डेय प्रमुख अतिथि रहेका थिए । प्राज्ञ पाण्डेले हिन्दुहरुका सनातन पर्वहरु मध्य होली सबैको साझा पर्वका रुपमा रहेकाले यसको आफ्नै गरिमा रहेको बताए । नेपाली समाजमा एकता वचाई राख्न पनि यो पर्व महत्वपूर्ण रहेको उनको भनाई छ ।
कार्यक्रममा नागरिक दैनिकका ७ नम्वर संयोजक दिल बहादुर छत्त्याल, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्री सदस्य सिताराम अवस्थी, नेपाली कांग्रेस क्षेत्र नं ५ का सचिव भीम पडाल, श्रोत व्यक्ती जगन्नाथ ऐर, समाजसेवी धर्मदेव पाण्डेय, व्यवसायी ॐप्रकाश पाण्डेय, विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष तोयनाथ भट्ट लगायतले शुभकामना व्यक्त गरेका थिए ।
गणेश नेपालीले संचालन गरेको कार्यक्रममा दिनेशराज भट्टले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।