बिस्फोटक पदार्थसहित एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिस्फोटक पदार्थसहित एक जना पक्राउ


१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । बिस्फोटक पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चेकजाचका क्रममा धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नं. को बसमा सवार दैलेख नौमुले ८ का २४ वर्षीया दशरथ शाहीलाई पक्राउ गरेको हो । शाहीले झोलामा लुकायर ल्याउँदै गरेको डेटोनेटर ४४ पिस, सुपरपावर ९० लेखेको लोला १२ थान, सेफ्टीफ्युज २५ मिटर, कालो टेप २ थान र रबरको गुलेली १ थान बरामत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस