२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरणीय कानून पालना नगर्ने ११ संस्थालाई कारबाही

अ+ अ-

काठमाडौँ । जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ ।

वातावरणसम्बन्धी ऐन नियमको पालना नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी निर्माण गरिएका वा सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई कारबाही तथा जरिवाना गरिएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए। त्यस्ता संस्थालाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको उनले बताए ।

मन्त्रालयले आज काठमाडौँको कलंकीस्थित नेपाल नेशनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्रीबाल अस्पताल, भृकुटीमण्डपको काठमाडौँ मोडेल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौँ अस्पताललाई प्रारम्भिक वातावरणीय परीक्षण (इआइए) आवश्यक मापदण्ड नगरी सञ्चालन गरिएको निर्णय गर्दै कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरेको छ ।

त्यस्तै काठमाडौँकै सोल्टी सिटी अपार्टमेन्ट, सिटी होटल लिमिटेड, काठमाडौँ गेष्ट हाउस र द्वारिकाज होटल तथा काठमाडौँ दुग्ध वितरण आयोजना, कमला रोलिङ प्रालि र अरनिको आबुखैरेनी सिमेन्ट उद्योगलाई इआइए पालनामा आवश्यक मापदण्ड पूरा नगरेको भन्दै जरिवाना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस