४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सफल व्यावसायिक माछापालक बने तामाङ

अ+ अ-

दाङ । लमही नगरपालिका वडा नं ५ टिकुलीगढका अम्मरबहादुर तामाङ व्यावसायिक माछापालन गरेर एक सफल व्यावसायिक माछापालक बनेका छन् ।

उनले हाल आठ बिघा जग्गामा आठ वटा पोखरी निर्माण गरी माछापालन गरिरहेका छन् । अहिले बिहानैदेखि उनको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको देखिन्छ ।

विगत आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आएका तामाङ अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक ४० लाख आम्दानी गर्छन् । तामाङले अहिले स्थानीय सातजना व्यक्तिलाई रोजगारीसमेत दिएका छन् ।

माछापालनबाट अहिले वार्षिक रुपमा ४० लाख आम्दानी भए पनि सबै खर्च कटाएर वार्षिक २० लाख मात्र बचत हुने गरेको तामाङले बताए ।

‘घरमा माछा लिन आएकाले पनि कसरी, कहिलेदेखि यसो गर्नुभयो भन्दै सोध्छन्, यहाँ आएका जोसुकैले पनि एक पटक पोखरी खन्ने सपना देखेर फर्कन्छन्,’ उनले भने ।

शुरुमा धान, गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उनलाई गाह्रो भने नभएको होइन । गाउँ, समाज र घर परिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा बौलाउन थालेछ भन्नेहरु अहिले आफ्नो प्रशंसक भएको उनको भनाइ छ ।

करिब आठ बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछा पालिएका छन् ।

यो वर्ष मात्रै २०० क्विन्टल भन्दा बढी माछा बिक्री भएको तामाङले बताए । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । प्रतिकेजी २२० देखि २५० सम्मका दरले माछा बिक्री हुने गरेको उनी बताउछन् ।

शुरुका दिनमा माछा बिक्री गर्न छिटुवामा राखेर स्थानीय बजारमा लैजानुपथ्र्यो उनलाई । तर अहिले टाढा टाढाबाट घरमै माछा किन्न आउनेको भीड लाग्ने गर्छ ।

यस व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउने उनले आम्दानी पनि सोचेअनुसार गर्न सकिने हुँदा यस्ता आयआर्जनका व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिए । रासस

प्रतिक्रिया दिनुहोस