कर्मचारीलाई अन्याय हुन नदिने ७ नम्बर प्रदेशका मुख्यमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीलाई अन्याय हुन नदिने ७ नम्बर प्रदेशका मुख्यमन्त्रीको प्रतिबद्धता


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७४, बिहिबार


दिपायल, डोटी । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताभन्दा ठुला कोही नहुने भएकोले गुणस्तरीय सेवा प्रवाहमा कुनै कन्जुसाई नगर्न कर्मचारीलाई आग्रह गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारी जनताका सेवक भएको बताउँदै मुख्यमन्त्री भट्टले आफुबाट कुनै पनि कर्मचारीलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र जनतालाई अनावश्यक दुःख दिनेलाई कानुन बमोजिम सजायको भागेदार हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय डोटीले आयोजन गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री भट्टले सबैले आफ्नो जिम्मेवारी कर्तब्यनिष्ठ भएर लाग्न निर्देशन दिँदै भने –’तपाई यो मानेमा ढुक्क हुनुहोस् कुनै कर्मचारीलाई म बाट अन्याय हुन दिन्न ।’

मुख्यमन्त्री भट्टले संघीयता संस्थागत गर्न र जनताले चाहे अनुसारको सेवा प्रवाह गर्न कर्मचारीहरुको महत्वपुर्ण जिम्मेवारी रहेको बताएका छन् ।

दुई दर्जन भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा हाल संचालनमा रहेका विकास निमार्णका योजनाहरुलाई गुणस्तरीय बनाउन र सम्झौता बमोजिम समयमै सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस