२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शक्तिशाली मुलुकका सैनिकको पहिलो रोजाइमा आर्मी कमाण्ड एण्ड स्टाफ कलेज

अ+ अ-

काठमाडौँ । विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।

अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकै स्थानमा एउटै कोर्षमा तालीम गरेको घटना विरलै भेटिए पनि आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले भने उनीहरुलाई एकैसाथ तालीम दिँदै आएको छ ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकोमा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ ।

बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५४ सैनिकले आजै मात्र स्टाफ कलेज कोर्ष पूरा गरेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिए । विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ । केही बेलायती सैनिकले पनि उक्त कलेजबाट सफलतापूर्वक तालीम लिइसकेका छन् ।

उक्त कलेजमा आयोजित २४ औँ आर्मी कमाण्ड एण्ड स्टाफ कोर्ष ग्र्याजुएसन समारोहमा ५४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षकले पनि आज उक्त कोर्ष पूरा गरेको जानकारी दिइयो ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त तालीम सैनिक संगठनमा माथिल्लो (जर्नेल) तहमा पुग्न अनिवार्य मानिन्छ ।

उक्त सैनिक कलेजले नेपाली सेनाको सेनानी तथा अरु सुरक्षा संगठनको नायब उपरीक्षकलाई ५२ साताको उक्त तालीम प्रदान गर्दै आएको छ । सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ जना विदेशीसहित ९ सय २२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिएका छन् ।

अमेरिकी र बेलायतीजस्ता विश्वका शक्तिशाली देशका सैनिकलाई अरु देशका सैनिकसँग सम्बन्ध विकास र विस्तार गर्ने महत्वपूर्ण अवसर पनि उक्त तालीमले दिएको छ । शान्ति सैनिक परिचालन, विपद् व्यवस्थापन र प्रतिविद्रोहमा नेपाली सेना पोख्त भएकाले उक्त कलेजमा तालीमका लागि जाम्बियालगायतका देशका सेनाबाट पनि माग भइरहेको महासेनानी श्रेष्ठले बताए ।

कलेजले आगामी दिनमा १६ जनासम्म विदेशी सैनिकलाई तालीम प्रदान गर्न स्वीकृति पाइसकेको छ । सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवअधिकारको पालनाजस्ता विषयमा अनुभावी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एंव तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिए ।

शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ । आगामी चैतदेखि शुरु हुने २५ औँ शृङ्खलाको उक्त तालीममा पहिलो पटक महिलाको प्रवेश हुँदैछ ।

सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले छिमेकी तथा अन्तर्राष्ट्रिय मुलुकका सैनिकको सहभागिताले तालीमको ओज र गरिमालाई थप उजिल्याएको धारणा व्यक्त गरे ।

विश्वमा आउनसक्ने नयाँ र फरक खाले सुरक्षा चुनौती सामूहिकरुपमा सामना गर्न तालीमबाट सिकेका ज्ञान निकै फलदायी हुने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले समग्र विषयमा उत्कृष्ट हुने सैनिकलाई नगद पुरस्कारका अतिरिक्त अन्य प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस