२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्दरा ब्याण्डले ल्यायो हिमाल मुनी

अ+ अ-

काठमाडौं । जसरी कागती देखेर हाम्रो जिब्रो रसाउँछ त्यस्तै कन्दरा ब्याण्डको नाम सुनेपछि मनमा संगीत रसाउँछ । कन्दरा ब्याण्ड नेपालको निकै पुरानो साङ्गीतिक समूह हो । हामी सबैले सुनेर नथाक्ने चाहे लेककी हे माया होस् या हङ्गकङ्ग पोखरा जस्ता सदाबहार गीत कन्दराकै हुन् ।

अहिले लामो समयपछि फेरी अर्को गीत लिएर आएको छ कन्दराले । लोकप्रिय गीत पस्किने सिलसिलामा गायक विवेक श्रेष्ठको स्वर रहेको निकै नै रोमान्टिक गीत सार्वजनिक भएको छ । कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा सङ्गीत दिएका छन् । सङ्गीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका सङ्गीत संयोजक हुन् ।

लामो समयदेखि सङ्गीत सिर्जनामा सक्रिय कन्दरा ब्याण्डले आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ‘हिमाल मुनी……..’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको उक्त भिडियो माया गर्ने जोडीहरूलाई समर्पित गरिएको बताइएको छ ।

हिमाली क्षेत्रका आकर्षक लोकेशनमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायाङ्कन तथा सम्पादन गरेका हुन् । छायाङ्कनमा उनलाई पुष्कर थापा तथा सुरज श्रेष्ठले सहयोग गरेका छन् । भिडियोले कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस