ग्लोबल कलेजमा कविता प्रतियोगिता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ग्लोबल कलेजमा कविता प्रतियोगिता


१ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । काठमाडौंको पुरानो वानेश्वर स्थित ग्लोबल कलेजले हरेक वर्ष कविता प्रतियोगिता गर्दै आएको छ । यस वर्ष पनि कलेजले विविध साहित्यिक कार्यक्रमका साथ कवि गोष्ठी तथा कविता प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा कक्षा ११ र १२ का १ सयभन्दा बढी प्रतियोगीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा कवि नवराज पराजुली, कवि सुभाषचन्द्र भण्डारी र भावेशकुमार लाभले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा विराज ढुङ्गानाले प्रथम, विशाल पाण्डेले द्वितीय, नवीन गिरी तृतीय स्थान प्राप्त गर्न सफल भए भने रेजिना बस्नेत र हरि शाह तेलीले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजयीहरूलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा युवा गजलकार कमल ‘सङ्घर्ष’ले पनि गजल वाचन गरेका थिए । पुरस्कार वितरणका क्रममा अतिरिक्त क्रियाकलापअन्तर्गत कलेजले आयोजना गरेको चित्रकला प्रतियोगिता, समाचार पत्र निर्माण प्रतियोगिता, सिर्जनात्मक पुस्तक निर्माण प्रतियोगिता र प्रतिवेदन लेखन प्रतियोगिताका विजयी छात्रछात्राहरूलाई समेत नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस