२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति खुल्ला म्याराथन २०७४ को उपाधि अम. कृष्ण वस्नेतलाई

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७४ को प्रथम उपाधि नेपाली सेनाका अम.कृष्ण बस्नेतले हात पारेका छन् ।

बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी प्रथम स्थान हासिल गरेका हुन् । उपाधिसंगै बस्नेतले एक लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यसका साथै बजाज कम्पनीको १ सय ६० सिसिको पल्सर मोटर साइकलसमेत प्रदान गरिएको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा दौड पुरा गरी द्वितीय र नेपाली सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पुरा गरी तृतीय भएका छन्। द्वितीय र तृतियलाई क्रमशः रु ५० र रु २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीले एक विशेष समारोहका बीच बिभिन्न प्रतियोगिताहरुमा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

सैनिक मञ्च टुँडिखेलबाट शुरु भई भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, तीनकुने, कोटेश्वर, जगाती, कमलविनायक, ब्यासी, सानोथिमी, पेप्सीकोला, जडीबुटी, एयरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, जय नेपाल हल, राजदरबार हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको उक्त प्रतियोगिताको म्याराथन तर्फ ३ सय २३ जना, २१ किमि ४५ वर्षभन्दा मुनिको पुरुषतर्फ १ हजार ५ सय २० जना र महिलातर्फ १ सय १८ जना, र ४५ वर्षभन्दा माथि पुरुष तर्फ २ सय २६ र महिलातर्फ ५ सय ४ गरी जम्मा ३ हजार १ सय ९० जना सहभागि भएका थिए ।

हाफ म्याराथन २१ कि.मि. दौड दुई विद्या (४५ बर्ष मुनि र माथि उमेर समूह) मा गरिएको थियो । ४५ बर्ष मुनि पुरुष तर्फको २१ कि.मि.दौड मा नेपाली सेनाका सिपाही गजेन्द्र राज राई प्रथम, सिपाही रामजी बस्नेत द्वितिय र हुद्धा कल्याण बानियाले तृतिय स्थान हासिल गर्न सफल भएका छन् भने सोही विद्याको महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा प्रथम, प्युठ रेशु बस्नेत द्वितिय र सशस्त्र प्रहरी बलका विन्द्रा धनके श्रेष्ठले तृतिय स्थान हासिल गरेका छन् ।

उक्त २१ कि.मि.दौडमा प्रथम, द्वितिय तथा तृतिय स्थान हासिल गर्नु हुने धावकहरुले क्रमशः रु.२५ हजार, रु.१५ हजार र रु.१० हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरुष तथा महिला तर्फ प्रथम हुने प्रतियोगीको लागि नगद पुरस्कार श्री ग्लोबल आई एमई बैंकले प्रायोजन गरेको थियो ।

त्यसैगरी ४५ वर्ष माथिको २१ कि.मि. विधामा भिम बहादुर गुरुङ प्रथम, कपिल भट्ट द्धितिय र दरिन बहादुर खड्का तृतिय हुन सफल भई नगद पुरस्कार क्रमशः रु. १५ हजार, रु.१० हजार र रु. ५ हजार प्राप्त गरेका छन् ।

यसैगरी १० किमी दौडमा नेपाली सेनाका उप सेनानी राकेश नेपाली प्रथम, सह सेनानी भुपाल अधिकारी द्वितिय र सेनानी मधु थापा तृतिय स्थान हात पारेका छन् । त्यसैगरी, महिला तर्फ उप सेनानी करिश्मा प्रधान कुमाल प्रथम, सह सेनानी मिना कुमारी बस्नेत द्वितिय र उप सेनानी रेखा अधिकारी तृतिय भएका छन् ।

सोही विधाको पुरुष तर्फ १० कि.मि. विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा काठमाण्डौंस्थित बेलायती राजदुतावासका सिमन क्यास्ट्रो वीलरिच प्रथम र सोही राजदुतावासका आरोन डुरहाम द्वितिय र चिनियाँ राजदुताबासका सु सिरुइ तृतिय स्थान हासिल गर्न सफल भएका छन् । उक्त विद्यामा प्रथम, द्धितिय तथा तृतिय स्थान हासिल गर्ने विदेशी सैनिक सहचारी एवं कुटनीतिज्ञहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यस्तै छात्र तर्फको ५ कि.मि.दौडमा श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका सुरेश थापा मगर प्रथम, सोही महाविद्यालयका ईश्वर बस्नेत द्वितिय र श्री सम्झना एकेडेमीका कृष्ण तामाङले तृतिय स्थान हासिल गरेका थिए भने छात्रा तर्फ श्री मेगा नेशनल कलेजका काजल बिष्ट प्रथम, श्री विजेश्वरी ज्ञान मन्दिरका सुनिता श्रेष्ठ द्वितिय र श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका स्वेच्छा बलामी मगरले तृतिय स्थान हासिल गरेका थिए ।

कार्यक्रमकै क्रममा प्रमुख अतिथि प्रधान सेनापति राजेन्द्र क्षत्रीले एथलेटिक्सका ३ जना र भारत्तोलनका १ जना गरी ४ जना ओलम्पिकमा सहभागी जनाएका पूर्व खेलाडीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारबाट सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका सचिवहरु, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबलका उच्च पदस्थ पदाधिकारीहरु, सञ्चारकर्मीहरु, नेपाली सेनाका अधिकृतलगायत विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस