२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीः नेता नेपाल

अ+ अ-

टीकापुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन् ।

आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्र रहने बताए ।

‘२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ’, उनले भने– ‘अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिष्ट पार्टी बन्नेछ ।’

उनले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताए । उनले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राखे ।

नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताए । ‘कस्तो विचार लिएर पार्टी एकता गर्ने र कस्तो संरचना बनाउने भन्नेमा अहिले छलफल जारी छ’ उनले भने, ‘पार्टी एकतापछि एमाले र माओवादीसँग भावनात्मकरुपमा कसरी जोड्ने भन्ने प्रयासमा रहेका छौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताए । उनले कसलाई कुनकुन ठाउँमा राख्ने भन्नेमा पनि छलफल भइरहेको बताए ।

दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उनको भनाइ रहेको थियो । उनले वाम गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा भएकाले चाँडै नै एकतासँगै सरकार गठन गरेर त्यो आशा र भरोसालाई पूरा गर्ने बताए ।

कार्यक्रममा एमाले क्षेत्रीय संयोजक सूर्यचन्द्र भट्टराई र क्षेत्रीय इञ्चार्ज प्रेमबहादुर साउदले वाम गठबन्धनबाट जनताले मुलुक निर्माणको लागि ठूलो आशा राखेको हुनाले त्यो पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्यद्वय गरिमा शाह, प्रकाश शाह, एमाले जिल्ला कमिटी सदस्य दीर्घ सोडारी, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस