नेपाली सेनासम्बन्धी तीन दिने बृहत् प्रदर्शनी शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली सेनासम्बन्धी तीन दिने बृहत् प्रदर्शनी शुरु


प्रशासन विशेष ब्युरो

२५ माघ २०७४, बिहिबार


काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको त्रिदिवसीय वृहत प्रदर्शनी नेपाली सेना इतिहासदेखि वर्तमानसम्म आजदेखि सुरु भएको छ ।

नेपाली सेनाको प्रधान कार्यालय परिसरमा आयोजित वृहत प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका छन् ।

माघ २७ गतेसम्म चल्ने प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरवगाथा समेटिएका तस्वीरदेखि लिएर ऐतिहासिक हातहतियार तथा हालका उपकरण र अन्य सैन्य सामग्री राखिएका छन् ।

नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेनामार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार तथा खोजलगायत विषय ‘शब्दचित्र र तस्वीर’मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ ।

विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म प्रदर्शनीको पहिलो दिन नै हजारौं व्यक्तिले अवलोकन गरेका छन् । प्रदर्शनीको पहिलो दिन विहिबार १ बजेबाट उद्घाटन भएको प्रदर्शनीमा विध्यार्थिहरुको चाप अत्याधिक रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले पहिलो पटक आयोजना गरेको यस किसिमको प्रदर्शनीले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्यत पुग्नुका साथै प्रदर्शनी सर्वसाधारणका लागि रोक तथा ज्ञानवर्धम समेत हुने विश्वास सेनाले लिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले बताएका छन् ।

हेर्नुहोस् पदर्शनीका केही झलकहरु

Tags :
प्रतिक्रिया दिनुहोस