२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो बेञ्चको हालीमुहाली !

अ+ अ-

गुरु पाठशाला विद्यार्थी
वर्गिकृत बेञ्च अनि विद्यार्थी
पहिलो बेञ्च – धेरै मिहिनेती
दोस्रो बेञ्च – अलि मिहिनेती
तेस्रो बेञ्च – गोबर गणेश

पहिलो बेञ्च
आँखाको पानी रित्याएर
हासिल गर्छ मेरिट अंक
बन्छ मेरो देशको
कुशल जनशक्ति
डाक्टर–ईन्जिनियर

दोस्रो बेञ्च
लाजकाज पढीलेखी
टुप्पीमा डोरी कसेर
लोलासेवा पास गरी
जागिरे बन्छ
पहिलो बेञ्चको
हाकिम बन्छ
चलाउछ – देशको प्रशासन !

तेस्रो बेञ्च
आवारागिरी
हो–हल्ला
गुन्डागर्दी
राजनीति
चाकरी चाप्लुसी
खुट्टा तानातान र
हानाहानका नायक
जसलाई म भन्छु–खलनायक !

मौका पाए
नेता राज नेता
माननीय मन्त्री
प्रधानमन्त्री बन्छ
देशको बाग डोर
हातमा लिएर
देश चलाउँछ
जनता चलाउँछ
महान बन्छ
अनि मेरो देश हुन्छ
गतिबिहिन
कछुवाको चाल जस्तो !

खोपडी र चोपडीको
शासक बन्छ तेस्रो बेञ्च
पाठशाला राजनीतिको
खेल मैदान बन्छ
गुरु वर्ग खेलाडी बन्न
बाध्य हुन्छन्
तेस्रो बेञ्चबाट जहिले
त्रासिद छन् मेरो देशका
पाठशाला गुरु वर्ग
अस्तित्व जोगाउन
रोजीरोटी बचाउन
बिवस बन्छन्
उफ !!
तेस्रो बेञ्चको हालिमुहाली !

तेस्रो बेञ्चको
आश भरोसामा
बाँचेको छ मेरो देश
जहिले बन्न बिवस छ
पराईको दास
देशको स्वाभिमान र
स्वतन्त्रतालाई
लिलामी बनाएर
विलासीताको
जीवन यापन गर्दैछ
तेस्रो बेञ्च

फरिया र भरियाको
चिन्ता छ उसलाई
देशको हैन आफ्नै
चिन्ता छ उसलाई
ख्याउटे जिङ्ग्रीङ्ग
परेको शरिर खाईलाग्दो
बनाउनु छ उसलाई

सन्तानको चिन्ता
छ उसलाई
उ चाहान्छ
उसको सन्तान
स्वदेशी विदेशी
पाठशाला रोजेर
पहिलो बेञ्च बनोस
डर छ त केवल
आफू जस्तो औठाछाप
खुराफाती होला भनेर

पहिलो बेञ्च र
दोस्रो बेञ्चले
पकाएको खानु छ
लाउनु छ उसलाई
परजीवी भएर बाँच्ने
लत बसिसकेको छ उसलाई
सदर ! सदर ! सदर !
३ अक्षरको शब्द
जानेको छ उसले
दोस्रो बेञ्चको प्रौढ
शिक्षाको एनजिओबाट

कागजी खोस्टामा के छ ?
घात छ अन्तरघात छ
देशको लागी के छ ?
थाहा छैन
थाहा छ केवल कमिशनका
अदृश्य चलखेल !
जालझेल !

जनतालाई सार्वभौम
आत्मनिर्णायक बनाउन
देशले संविधान माग्छ
संविधानसभा भाग्छ
लोकतन्त्र गणतन्त्रको
भिख माग्छ जालझेल हन्छ

महिना लाग्नेमा बर्ष
वर्ष लाग्नेमा वर्षाै
किनकि खोपडीमा
गिद्दीले काम गर्दैन
कुर्सी बचाउने
खेलमा लाग्छ उ
साँठगाँठ र मिलोमतोमा
देशको ढुकुटीमा धमिरो
बनिदिन्छ मौका पायो भने
मौका पाएन भने
सडक सदन तताउछ
आन्दोलन गर्छ
सडकमा टायर बाल्छ
निर्दाेष जनताको छातीमा
गोली ताक्छ मार्छ
शहिद घोषणा गर्छ
त्यसैको सपनाहरू बेच्छ
उफ !
पुच्छरले गोरु हल्लाए झै
इतिहासको काल खण्ड देखि
वर्तमानको आवरणमा बेरिएको
मेरो देशको जीउदो इतिहास !
ऐतिहासिक परम्परा !
तेस्रो बेञ्चको हालिमुहाली !

प्रतिक्रिया दिनुहोस