वाह
मेरो देश
आज राजधानीहरूको
सहर बनेको छ ।
किन
हिजो जस्तै चुपचाप छन् फुलहरू
उदास बनेका छन् रंगीबिरङ्गी चराहरू
र मौन देखिन्छन् तराईका यी फाटहरू
तर, म निराश छैन हिजो जस्तै
किनकी म आज राजधानीको यात्रा गर्दै छु ।
अनायसै
यी सहरका भित्ताहरू मुस्कुराइरहेछन्
चोक चोकमा पथ्थरका सलिकहरू गाइरहेछन्
र नाचीरहेछन् सडकमा मेरा पैतालाहरू
किनकी म आज यो राजधानीको सहरमा छु ।
तर,
किन मुस्कुराएनन् लालुपते र गुराँस यी भित्ताहरु जस्तै
किन गाएन कोएलिले सुरिलो भाका पथ्थरका सालिकहरू जस्तै
किन नाचेनन हिमालमा डाफे र मुनालहरू मेरा पैताला जस्तै
आज
राजधानीहरूको सहर बन्दा पनि
कठै मेरो देश