२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कवि यज्ञराज ओझाको कृति ‘जीवन चेतना’ लोकार्पण

अ+ अ-

काठमाडौं । कवि यज्ञराज ओझाको कविता सङ्ग्रह ‘जीवन चेतना’को बुधवार राजधानीमा एक कार्यक्रमकाबीच लोकार्पण भएको छ । भूतपूर्व गभर्नर डा. गणेशबहादुर थापा, प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् । छन्दमा लेखिएका ५८ कविता कृतिमा संग्रहित छन् ।

पूर्व मन्त्री नारायणदत्त भट्ट, तारिणीदत्त चटौत तथा वरिष्ठ साहित्यकार आर.डी प्रभास चटौत, कवि भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’, समालोचक गिरिराज जोशी र उपप्राध्यापक दिव्येश्वरी जोशीले कृतिमाथि समीक्षा गर्नुका साथै कविता वाचन पनि गरेका थिए ।

डोटेली समाजका अध्यक्ष माधवप्रसाद भट्ट, प्रशंसा समूहका अध्यक्ष अम्बादत्त भट्ट, प्रा.डा यज्ञराज पन्त, पूर्व सचिव श्रीमान् श्रेष्ठ, डा. नरबहादुर रजवार, डा. पुष्करराज भट्टलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । कवि तथा साहित्यकार सुभाषचन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रममा कृतिका प्रकाशक डा. एकराज ओझाले विनायक पुस्तकालयका तर्फबाट स्वागत मन्तव्य राखेका थिए ।

८४ वर्षअघि डोटीको सिलगढीमा जन्मिएका कवि यज्ञराज ओझाको मूल घर डोटीको मौवा गाउ हो । वि.सं. २०७२, आश्विन २१ गते धनगढी, कैलालीमा उनको निधन भएको थियो । कविको वार्षिक पुण्य तिथिको अवसर पारेर उनका छरिएर रहेका फुटकर कविताहरूलाई कृतिको रुप दिईएको हो । यस काममा रचनाकारका भाइ तथा छोराहरूले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

यस ‘जीवन चेतना’ कृति प्रकाशनका क्रममा रचना छनौट तथा सम्पादन कार्य कवि सुभाषचन्द्र भण्डारीले गरेका हुन् । डा. प्रेम चौलागाईं र युवाकवि हेमन्त ‘विवश’ ले यसमा विशेष सहयोग पुर्‍याएका थिए । यो कृतिको प्रथम संस्करणलाई विनायक पुस्तकालय मौवा नगरदह, डोटीले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस