२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा निर्वाचन : ३२ सिटका लागि ५२ प्रतिस्पर्धी

अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमबारसम्म २४ जना निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध हुनेमा प्रदेश १ मा ६ जना, प्रदेश २ मा ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार छन् । प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुनेछ ।

प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले चुनाव प्रचार प्रसार सुरु गरिसकेका छन् । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचत हुने व्यवस्था छ ।

१० माघमा ५६ सिटका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका थिए भने ७ जनाले उम्मेदवारी फर्ता लिएका छन् ।निर्वाचन कार्यतालिकाअनुसार सोमबार २ बजेसम्म उम्मेदवारलाई मनोनयनपत्र फिर्ता लिन समय प्रदान गरिएको थियो ।

प्रदेश १ मा ३ महिलासहित ६ जना निर्विरोध भएका छन् । यो प्रदेशमा निर्विरोध हुनेमा कांग्रेसका रमेशजंग रायमाझी, एमालेका पर्शुराम मेघी गुरुङ र हरिचरण सिवाकोटी, महिलातर्फ कांग्रेसका सरिता प्रसाई, एमालेका नैनकला ओझा र माओवादी केन्द्रका बीना पोखरेल छन् ।

प्रदेश २ मा ८ वटै पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध हुनेमा कांग्रेसका जितेन्द्र देव, एमालेका सुमनराज प्याकुरेल र राजपाका रमेशप्रसाद यादव, महिलाबाट कांग्रेसकी मुक्ताकुमारी यादव, फोरमकी प्रमिला कुमारी र माओवादीकी शशिकला दाहाल, अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल र दलित कोटाबाट फोरमका रामप्रित पासवान छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments