१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बगरको उखुखेतीबाट पचास लाख आम्दानी

अ+ अ-

कञ्चनपुर । नदीको बगरमा उखुखेती गरी यहाँका किसानले ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।

पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको बगरमा उखुखेती गरेका छन् । बगर अहिले उखुखेती कारण हराभरा भएको छ । लालझाडीका गंगाराम चौधरीले भने, ‘गतिलो आम्दानी हात पर्दा आर्थिक रुपमा सक्षम भएका छौँ ।’

किसानलाई उखुखेती गर्नतर्फ डो¥याउनका लागि नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । उखुको बजारीकरणका लागि स्थानीय एग्रोभेट, सहकारी, चिनीमिलसँग समन्वय र सहकार्य गरिँदै आएको छ । एमरेड परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार सन् २०१५ मा ६७ बिघा बगरमा सात हजार ७५ क्विन्टल, सन् २०१६ मा ४१ बिघामा ११ हजार ७०७ र सन् २०१७ मा १०१ बिघामा १२ हजार ४५० क्विन्टल उखु उत्पादन भएको थियो । सन् २०१८ मा १६ हजार क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ ।

वनहरा, स्याली, सुनवरा, मछेली र दोदा नदीको बगरमा गरिएको उखु खेतीबाट सन् २०१५ मा २६ लाख २६ हजार, सन् २०१६ मा ४४ लाख ७६ हजार र सन् २०१७ मा ४९ लाख ८० हजार आम्दानी भएको थियो । चालू आवमा बगरमा उखुखेती गर्दै आएका किसानले ५२ लाखभन्दा बढी आम्दानी गर्न सफल हुने बताइएको छ ।

उखु बाली विस्तार र प्रवद्र्धनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले महाकाली चिनीमिल, उखु उत्पादक किसान हकहित संरक्षण समिति, स्थानीय सहकारी र कृषि विकास कार्यालयसँग लिखित सम्झौता गरी उखु खेतीको तालीम र कृषिऔजार वितरण गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस