२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ दिने लोककला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी सम्पन्न

अ+ अ-

कोहलपुर । लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोक कला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी विहिबार उत्साहजनक रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको हो ।

३ दिने कार्यशाला तथा गोष्ठीको समापन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लोक कला र साहित्यको विकासमा लागि आफू तयार रहेको बताए । संविधानमा पनि लोक कला तथा संस्कृतिको संरक्षण गर्ने बुँदा सुनिश्चित भएकाले कोहलपुर नगरपालिका सदैव लागि पर्ने पनि बताए ।

कार्यक्रममा प्रतिष्ठानका लोककला विभागका प्रमुख प्राज्ञ परिषद् सदस्य एससी सुमनले ३ दिनसम्मको प्रशिक्षणमा धेरैले उत्कृष्ट मौलिक कलालाई स्थान दिनु नै कार्यक्रम सफल भएको बताएका छन् । उनले भने, आफुहरुले सोचेको भन्दा पनि राम्रो सहभागीता र राम्रा चित्रहरु बनेको बताए । साथै स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको र यसपटकको कार्यक्रमले कोहलपुरलाई चिनाउन सहयोग गर्ने पनि बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाही, कलाकार तथा कला लेखक देवेन्द्र थुम्केली, कलाकार तथा कवि विक्रम शिशिरले मन्तव्य राखेका थिए । कार्यक्रममा ललितकला पत्रकार समाजका कार्यसमिति सदस्य विनिता मरहट्टा, नेपाल टेलिभिजनका कोहलपुरका गंगाराम खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको प्रशिक्षणमा बाँके, बर्दिया, दाङ, कैलाली, कपिलवस्तु लगायतका जिल्लाहरुका दुई दर्जन बढी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा कवि गजलकार देवकी निरौला, पुष्कर रिजाल, कपिल अन्जान, देवेन्द्र आचार्य, रसिक राज लगायतले आफ्ना कविताहरु वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस