प्रदेश ७ को प्रदेशसभा बैठक माघ २१ गते बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश ७ को प्रदेशसभा बैठक माघ २१ गते बस्ने


११ माघ २०७४, बिहिबार


धनगढी । ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गरेका छन् ।

यहां स्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले आज जानकारी दिए ।

सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना सांसद रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस