२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इच्छापूर्तिको कल्पना

अ+ अ-

जो मानिस यस संसारमा ठूला–ठूला काम गर्दछन्, उनीहरूको कल्पनाशक्ति ज्यादै प्रगतिशील हुन्छ । उनीहरूले कल्पनामा नै आफ्नो इच्छापूर्तिको चित्र खिच्न सक्दछन् र त्यसलाई सदैव आफ्नो दृष्टिको सामुन्ने राख्न सक्दछन् ।

केही मानिसमा अधिक योग्यता तथा विद्वता हुन्छ, तर उनीहरूमा कार्यलाई श्रीगणेश गर्ने साहस हुँदैन, किनकि उनीहरूलाई यस कुराको शिक्षा दिइएको छैन कि उनीहरूले कसरी आफ्नो अवयवहरूको उपयोग गरी योग्य तथा विद्वान बन्न सक्छन् । यद्यपि यो कुनै कठिन कुरा हुँदैन कि केवल उनीहरूमा साहस हुँदैन कि उनीहरूले यस्तो काम सुरु गरुन्, जसलाई आरम्भ गरेर उनीहरू त्यस पूर्ण पनि गर्न सक्दछन्, उनीहरूको कल्पनाशक्ति ज्यादै प्रगतिशिल हुन्छ । उनीहरू कल्पनामा नै आफ्नो इच्छापूर्तिको चित्र खिच्न सक्दछन् र त्यसलाई सदैव आफ्नो आँखाको सामुन्ने राख्न सक्दछन् ।

हामी ती मानिसका अव्यावहारिकताको धेरै कुरा सुन्दछौं, जसले केवल काल्पनिक घोडा दौडाउँदैछन्, तर, विश्वइतिहासको प्रत्येक महत्वपूर्ण खोज, प्रत्येक आविष्कार यस्तो सपना देख्नेप्रति आभारी छ । यस्ता मानिसका, जसले घटनाभन्दा पहिले त्यसको कल्पना गर्न सक्दथे, जसले मानवताको आवश्यकताको चित्र आफ्नो मष्तिष्कमा खिच्न सक्दथे ।

जुन मानिसको कल्पनाशक्ति निर्बल हुन्छ, जो मानिसको कल्पनातटमा चित्र खिच्ने पात्र हुँदैन, जो मानिस आफ्नो आदर्शको धमिलो र मलिन चित्र खिच्दछ, ऊ आफ्नो उद्देश्यमा पुग्न असफल रहन्छ ।

हामीलाई जुन काम गर्ने इच्छा हुन्छ, त्यसलाई आफ्नो मस्तिष्कमा काल्पनिक चित्र बनाउनु र कामको अवधिमा यस पूर्ण चित्रलाई सदैव आँखाको सामुन्ने राख्नु एक वास्तविक शक्ति हो । यसले एक यस्तो नमूना हाम्रो आँखाको सामुन्ने बनाइदिन्छ, जुन हाम्रो समस्त उच्च उद्देश्य केन्द्रित हुन जान्छ । यो शक्तिको हाम्रो जीवनमा अनुशासन तथा शिक्षण उत्पन्न गर्दछ र एक कार्यक्रमअनुसार कार्य गर्नमा हाम्रो पथप्रदर्शन गर्दछ । जहाँसम्म सम्भव हुन्छ, बच्चालाई बाल्यकालदेखि नै आफ्नो सपना तथा कल्पनाको सही चित्र खिच्ने तरिका सिकाउनु पर्दछ । उसलाई बताउनु पर्दछ कि पहिले मस्तिष्कमा प्रत्येक वस्तुको रचनाको चित्र जोगाओस्, त्यसैप्रकार जस्तो कि एक भवन निर्माताले निर्माण आरम्भ गर्नुपूर्व भवन को चित्र आफ्नो मस्तिष्कमा बनाउँदछ ।

बैचारिक स्वतन्त्रता

वालकलाई उसको आफ्नो विचारअनुसार सुदृढ र सुन्दर बनाउन उसलाई कल्पना गर्ने र स्वप्न देख्ने साहस उपन्न गर्नुपर्दछ । यसैप्रकार उसले युवा भएर कर्मभूमिका अधिक प्रभावशाली कार्य गर्न सक्दछ । जुन स्थिति तपाई पैदा गर्न चाहनुहुन्छ, जुन मानसिक शक्तिलाई बढाउन चाहनुहुन्छ, आफ्नो जीवनको साधारण स्थितिमा जुन परिवर्तन तपाईंको इच्छित हुन्छ र जुन वस्तुलाई प्राप्त गर्ने अभिलाषा तपाईंको इच्छित हुन्छ र जुन वस्तुलाई प्राप्त गर्ने अभिलाषा तपाईंको हृदयमा जागिरहेको हुन्छ, त्यसको सही मूल्याङ्कन गर्न कठिन हुन्छ, तर यदि तपाईं आफ्नो सामुन्ने राख्नुहुन्छ भने त्यो चित्र तपाईंको हृदयमा अङ्कित हुन जान्छ र तपाईं जुन प्रकारको स्त्री या पुरुष बनाउन चाहनुहुन्छ, तपाईंको जीवनको अङ्गले त्यस्तै नै आदर्श प्रस्तुत गर्नमा व्यस्त हुन जानेछ ।

प्रायजसो मानिसलाई पटक–पटक यो शब्द दोहोर्याउने ठूलो सहयोग मिल्दछ– म योग्य हुँ, म प्रसन्न हुँ, ममा कुनै कमी छैन, मैले एक पूर्ण एवम् सफल जीवन निर्माण गर्नुछ । मस्तिष्कमा आफ्नो पूर्तिको चित्र राख्नाले आश्चर्यजनक सहायता मिल्दछ । यसको विपरित सानो, हेय तथा घृणापूर्ण चित्र, निराशा तथा हतोत्साहको कारणले हुने गर्दछ र विशेष गरी चिन्ता तथा पिडाको समयमा हामी अझ हतोत्साह हुन्छौं । कोही पनि व्यक्ति त्यस समयसम्म सफल, स्वस्थ र निरोगी हुन सक्दैन, जबसम्म कि ऊ आफ्नो मस्तिष्कमा निराशा, लाचारी र रोगको चित्र बनाइराख्दछ ।

हामी आफूजस्तै बन्न चाहन्छौं त्यस्तै नै आफूलाई सम्झनुपर्दछ । यदि हामी पूर्ण रुपले मानसिक तथा शारीरिक आरोग्य प्राप्त गर्न चाहन्छौं भने आफूलाई पूर्ण स्वस्थ र बलिशाली सम्झनुपर्दछ किनकी हाम्रो शरीरको अवयव र मस्तिष्कको अङ्गले हाम्रो यस काल्पनिक चित्रचलाई नै वास्तविक रङ्गमा प्रस्तुत गर्दछ, जसको हामी स्वप्न देखिरहेका हुन्छौं । आफ्नो मस्तिष्कमा आफ्नो अपूर्ण हेय, घृणापूर्ण र शिथिल चित्रको अङ्कन पाप हो । तपाईं शारीरिक तथा मानसिक रुपले जस्तो बन्न चाहनुहुन्छ, त्यस्तै नै चित्र आफ्नो सामुन्ने राख्नुहोस् । तपाईंको शारीरिक एवम् मानसिक दशा त्यस चित्रसित चाहेजतिसुकै भिन्न किन नहोस् । यदि तपाईं यस काल्पनिक चित्र हरदम आफ्नो सामुन्ने राख्नुहुन्छ भने पहिलोभन्दा चित्र आफैं तपाईंको मस्तिष्कबाट लुप्त हुन जान्छ ।

यदि तपाईं कुनै महान् कार्य गर्ने सङ्कल्प गर्नुहुन्छ भने त्यस समय हाम्रो आन्तरिक अवयवले हाम्रो सहायता गर्दछ र हाम्रो निश्चयलाई पूर्ण गर्नको लागि हाम्रो सहकारी एवम् सहायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस