दुवै आँखा दान गर्ने घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुवै आँखा दान गर्ने घोषणा


६ माघ २०७४, शनिबार


लहान । मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गरेका छन् ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गरेका हुन् । वि.सं. २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस