प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी


३ माघ २०७४, बुधबार


काठमाडौं । मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रदेश प्रमुखको सिफारि र अस्थायी राजधानी तोक्ने विषयमा बैठकमा छलफल भइरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको पूर्णता दिएर ताजा जनमतअनुसार नयाँ सरकार गठनको कार्य अवरुद्ध भइरहेका बेला सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको हो ।

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन । यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस