२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँसबारी छालाजुत्ता बन्द हुँदा दलित समुदाय मर्कामा

अ+ अ-

काठमाडौं । घरेलु तालीम केन्द्रमा तालीम लिँदालिँदै कृष्णबहादुर बयालकोटी बाँसबारी छाला तथा जुत्ता कारखाना (बाछाजुका) मा जानुपर्यो ।

वि.सं. २०२२ मा स्थापना भएको सो कारखानाको शुरुवातमै काठमाडौं नयाँ बानेश्वरका बयालकोटीसँगै जुत्ता बनाउने तालीममा रहेका करिब ५० प्रतिशत दलित समुदायका युवा कामदारका रूपमा लगियो ।

“घरेलुमा तालीम लिने लगभग सबै दलित समुदायका नै थियौँ, २०२२ सालमा कारखानाको औपचारिक उद्घाटन भएसँगै हामी सबैलाई त्यहाँ लगिएको हो”– ७० वर्षीय बयालकोले भने । त्यतिबेला बाँसबारीस्थित अहिले शहीद गंगालाल हृदय केन्द्र अस्पताल रहेको स्थानमा कारखाना थियो ।

बयालकोटीले स्थापनाकालदेखि २०४५ सालसम्म त्यही रहेर काम गरे । चीन सरकारको सहयोगमा स्थापना गरिएको सो जुत्ता कारखाना निजीकरण गर्ने सरकारको नीतिअनुरुप २०४९ सालमा निजीकरण गरिएको थियो । कारखाना निजीकरण भएसँगै अहिले बन्द छ ।

“त्यहाँ तल्लो तहमा कामदारका रूपमा काम गर्ने सबैजसो दलित समुदाय भएका कारण पनि कारखाना बन्द हुँदा सबैभन्दा बढी दलितलाई नै घाटा भयो, अहिले त्यो कारखाना सञ्चालन भइदिएको भए, हजारौँ दलित समुदायले रोजगारी पाउँथे”– बयालकोटीले भने ।

२०४५ सालमा बयालकोटीले छोड्दा करिब ५०० कामदार थिए । त्यसमा पनि दलित समुदायका ५० प्रतिशतभन्दा बढी नै थिए । प्रजातन्त्र पुनःस्थापनापछि २०४८ मा मन्त्रिपरिषद्को बैठकले चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय गरेको थियो ।

करिब १० करोडको लगानीमा सञ्चालन गरिएको सो कारखानामा शुरुका दिनमा दैनिक करिब ५० जोर मात्रै जुत्ता तयार गरिन्थ्यो । पछि विस्तारै त्यसको मात्रा बढ्न थाल्यो । सर्वसाधारण हुँदै नेपाल प्रहरी र नेपाली सेनाले लगाउने जुत्तासमेत त्यहीबाट उत्पादन हुने गर्दथ्यो । काठमाडौं बोसी नगरपालिका नैकापका चन्द्रबहादुर विंसखे पनि घरेलु तालीम केन्द्रमा तालीम दिँदादिँदै कारखानामा गए ।

“कारखाना बन्द हुँदा दलित समुदायका बढी कामदार भएको कारण उनीहरूलाई त यसै पनि घाटा हुने भयो तर सम्रगमा मुलुकको आर्थिक अवस्थामा घाटा भयो”– स्थापनाकालदेखि २०३० सालसम्म काम गर्नुभएका विंसखेले भने ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दलित मुक्ति मोर्चाका सचिवालय सदस्य राजकुमार हिङमाङले कपडा सिलाउने वा जुत्ता बनाउनेसम्बन्धी विशिष्ठ ज्ञान क्षमता राख्ने दलित समुदायलाई नै अग्राधिकार दिने राज्यको नीति र त्यसबारे संवैधानिक व्यवस्था हुनुपर्छ भन्छन् । कारखानामा वरिष्ठ प्रबन्धकका रूपमा काम गरेका सुरेन्द्रप्रसाद दाहालले जुत्ता बनाउने पेशा नै दलित समुदायले छोड्दै गएपछि गैरदलित समुदायले आधुनिकतासँगै अगाडि बढाएको हो भने ।

शुरूको अवस्थामा कारखानामा कच्चा पदार्थको उपयोग हुने, रोजगारी पनि दिने र आयात प्रतिस्थापन गर्ने लक्ष्यले जुत्ता बनाउन दलित समुदायलाई राखिएको दाहालको भनाइ छ ।

स्थापना भएदेखि निजीकरण नहुँञ्जेलसम्म सहायक प्रबन्धकमा कार्यरत हरिलाल श्रेष्ठले कारखानालाई निजीकरण भएसँगै केही समय चलाएर बन्द गरिएको र त्यहाँ काम गर्ने दलित र गैरदलित बराबरी रहेको बताए ।

उद्योगमन्त्री सुनिलबहादुर थापाले कलकारखाना सरकारले खोल्नेभन्दा पनि निजी क्षेत्रबाट खोलिएका कलकारखानालाई नै प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताए ।

नेकपा माओवादीका नेता विश्वभक्त दुलाल ‘आहुती’ ले भने– “छालाजुत्ता कारखाना बन्द भएसँगै श्रमिकको रोजगारी गुमेपछि घाटा भयो, त्यहाँका माथिल्लो तहका मुख्य व्यक्तिले भने त्यहाँबाट बाहिर आएपछि फिट राइट, लेदर उइङ्सलगायतका निजी कारखाना खोले र उनीहरूलाई भने फाइदा भयो ।”

पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा करिब ७०० भन्दा बढी छालाजुत्ता उद्योग छन् । ती उद्योगको नेतृत्व गैरदलितले नै गरेको पाइन्छ ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले दलित समुदायले गर्दै आएको पेशा खोसिएको हुँदा उनीहरुलाई पुनः आफ्नै पेशामा फर्काउन दलित र महिलालाई व्यवसाय वा कम्पनी दर्ता गर्नका एक करोडसम्मको निःशुल्क दर्ता गरिदिने व्यवस्था ल्याएको जानकारी दिए । वाणिज्य मन्त्रालयले आफ्नो पेशा व्यवसाय गरिरहेका दलित समुदायलाई अन्यसँग प्रतिष्पर्धा गर्नसक्ने बनाउन अनुदानको पनि व्यवस्था गर्ने भएको छ ।

0 Comments