राष्ट्रियसभाका लागि निर्वाचन आयोगले माग्यो दस्तखत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रियसभाका लागि निर्वाचन आयोगले माग्यो दस्तखत


१ माघ २०७४, सोमबार


काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै दस्तखतको नमूना पेस गर्न दलहरुलाई आग्रह गरेको छ । दलहरुले बुधबारभित्र हस्ताक्षर सहितको पत्र आयोगमा बुझाइसक्नुपर्ने छ ।

आयोगले उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न दलहरुलाई माघ ३ गतेसम्मको समयावधि तोकेको छ ।

दस्तखत नमूना फारम वेबसाइट र आयोगबाट लिन सकिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस