सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


३० पुस २०७४, आइतबार


काठमाडौं । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् ।

निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम ती ठाउँहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् ।

प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी प्राप्त भएको छ ।

न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली बमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस