२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्राउ पर्दा डा. केसीले भने, ‘आदेश मान्दिनँ, प्रधानन्यायाधीशविरुद्ध लड्छु’

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार आफूलाई गिरफ्तार गर्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल आएका प्रहरीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले भने, ‘म सर्वोच्च अदालतको प्रधानन्यायाधीश, जसले न्याय बिक्री गरेर देशै लुटिरहेको छ, न्यायको बलात्कार गरिरहेको छ । त्यसको विरुद्ध लडेको नागरिकको हैसियतले, ठीक छ भनेर बुझ्नुहोला । उसको आदेश म पालना गर्दिनँ, तर तपाईंहरू आएका हिसाबले देशको नियम, कानुनको र तपाईंहरूको कदर गर्दै म जान्छु । तर, आपराधिक आदेश दिने प्रधानन्यायाधीशको आदेश मान्दिनँ ।’

आइओएमको डिनमा डा. शशि शर्मालाई पुनर्बहाल गर्न आइतबार सर्वोच्चले दिएको आदेशविरुद्ध अनशन घोषणा गर्दा डा. गोविन्द केसीले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात् उनका भ्रष्ट क्रियाकलापहरूमाथि छानबिन र कारबाही गरियोस् ।’

‘डा. केसीको नाममा प्रकाशित विज्ञप्ति हेर्दा संविधान र कानुनबमोजिम यस अदालत र मातहतका विभिन्न अदालतबाट भएका फैसलाविरुद्ध आमजनमानसमा भ्रम पर्ने गरी नेपालको न्यायव्यवस्था, न्यायपालिका र न्यायाधीशहरूका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको देखिँदा निजलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो, निजलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउनू ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments