२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकतामा अडान नराख्न एमालेको निर्देशन

अ+ अ-

काठमाडौं । एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा निजी धारणा बाहिर ल्याएर एकीकरण प्रक्रियालाई असहज नबनाउन पार्टीपंक्तिलाई निर्देशित गरेको हो ।

अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले निकट भविष्यमै एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन पार्टीपंक्तिलाई आह्वान पनि गरेको छ । बैठकमा ओलीले आइतबार माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकतालाई गति दिने सम्बन्धमा भएको समझदारी र पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा ‘ब्रिफिङ’ गरेका थिए ।

‘दुवै पार्टीबीच निकट भविष्यमै एकीकरण भएर एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन, यस सम्बन्धमा विभिन्न ढंगले व्यक्त हुने कुनै पनि भ्रम, अफवाह या अनुमानबाट प्रभावित नहुन सिंगो पार्टीपंक्ति र आमनेपाली जनतालाई यो बैठक आह्वान गर्दछ,’ बैठकपछि सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकीकरणका सम्बन्धमा सार्वजनिक रूपमा कुनै पोजिसन, अडान या सर्त तेस्र्याउने कुराले एकताको प्रक्रियालाई नसघाउने बरु उल्टै जटिल बनाउने हुनाले यसो नगर्न सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments