२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको विकासमा लागिपर्ने सांसदको प्रतिबद्धता

अ+ अ-

काठमाडौं । कर्णाली अञ्चलबाट नवनिर्वाचित सांसदले कर्णालीको विकासका लागि आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं–कालीकोट संघीय जनसम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूले कर्णालीको विकासका लागि आफूहरू मिलेर काम गर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद दुर्गाबहादुर रावतले सबै सांसद एकजुट भएर लागे कर्णालीको विकास चाँडै हुने बताए । उनले सरकारले कर्णाली अञ्चललाई सधैँ दोस्रो दर्जाको रुपमा हेर्ने गरेको उल्लेख गर्दै भने, ‘अब हामी आफैँ नीति निर्माणको तहमा रहेकाले कर्णालीको विकासमा सबै एकजुट हुनुपर्छ ।’

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले विकास र रोगजारीबाट पछाडि परेको कर्णालीलाई संगठितरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याए ।

स्वतन्त्र सांसद छक्कबहादुर लामाले नीति निर्माण तथा कार्यान्वयन तहमा आफूहरु रहेकाले केन्द्रको मुख नताकी सबै सांसद मिलेर कर्णालीको विकास गर्ने धारणा व्यक्त गरे ।

नेकपा एमालेका सांसद गोपालबहादुर बमले कर्णालीको विकासे मुद्दामा सबै सांसद एकजुट भएर लाग्नुपर्ने बताए ।

नेकपा एमालेका सांसद धनबहादुर बुढाले अरुको मुख ताक्नुभन्दा अब आफैँ विकास निर्माणमा लाग्नुपर्ने बेला आएको छ भन्दै उनले कर्णालीमा भएका प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न सकेमात्र मात्र विकासमा सहयोग मिल्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद जीवनबहादुर शाही, दलबहादुर रावल, दानसिंह परियार, पदम रोकाया, नरेश भण्डारी र वीरबहादुर शाहीलगायत कर्णालीको विकास सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस