२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

अ+ अ-

काठमाडौं । सरकारले आज (बिहीबार) प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । त्यसका लागि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई दुई अन्य नेतासहित उपस्थित हुन आग्रह गरिएको छ ।

सर्वदलीय बैठकमा मुख्य गरी तीन विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा दलीय सहमति खोज्न सर्वदलीय बैठक बोलाइएको बताए । ‘सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने बाध्यात्मक अवस्था आइपर्‍यो, त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रिय सभा निर्वाचन प्रदेश–प्रदेशमा गर्ने र प्रदेशको अस्थायी राजधानीमा निर्वाचन आयोगले कार्यालय राख्नुपर्ने भएकाले अस्थायी मुकाम तोक्नुपर्ने बाध्यता सरकारलाई पर्‍यो । अस्थायी मुकाम तोकेपछि त्यहाँबाट काम सञ्चालन गर्न र निर्वाचित प्रतिनिधिलाई शपथ खुवाउन प्रदेश प्रमुखको आवश्यकता पर्ने भएकाले दलीय सहमति जुटाउन बैठक आह्वान भएको हो ।’

बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनको मितिका विषयमा पनि नेताहरूसँग सुझाब माग्नेछन् । निर्वाचन आयोगले २५ माघभन्दा अघि निर्वाचन गर्न सम्भव नरहेको मंगलबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । दलीय सहमतिमा माघभित्रै निर्वाचनको मिति तोक्ने तयारीमा सरकारले गरेको जोशीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments