प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक–निर्वाचन मिति, प्रदेश प्रमुख नियुक्ति र राजधानीबारे सहमति खोजिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक–निर्वाचन मिति, प्रदेश प्रमुख नियुक्ति र राजधानीबारे सहमति खोजिने


प्रशासन विशेष ब्युरो

१९ पुस २०७४, बुधबार


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति, प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार संसद्‌मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका छन् ।

बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनको जनादेशअनुसार नयाँ सरकारले प्रदेश प्रमुख तोक्ने दबाब पछि देउवा पछि हटेका थिए तर कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।

सर्वदलीय बैठकमा सहमति नजुटे स्वतन्त्र र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले थालेको स्रोतले जनाएको छ ।

बिहीबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस