२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ डेढ करोडको पार्क

अ+ अ-

काठमाडौं । खाली जमिनको तीनतिरै फराकिला सडक छन् । सडक किनारमा साँघुरै भए पनि टायल बिच्छ्याएर फुटपाथ बनाइएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त कतै रात्रिबस। ट्याक्सी, टिपर, टाटा मोबाइल सबैको पार्किङ स्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाइकल सिक्ने पनि भेटिन्छन् । यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने ।

यसलाई ‘तीनुकने पार्क’, ‘आधुनिक बगैंचा’, ‘तीनकुने शान्ति मण्डला’ अनेक नाम दिइएको छ । तर, यो एउटा यस्तो पार्क, बगैंचा र मण्डला हो जहाँ तपाईंले न एउटा फूल भेट्टाउनुहुन्छ न ठूलो रूख नै । अहिलेसम्म तीनकुनेलाई लिएर धेरै योजना बने तर एउटै पनि कार्यान्वयन भएन । बितेको तीन वर्षमा तीनकुनेमा पार्क, बगैंचा र मण्डला बनाउने नाममा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ । डेढ करोड रुपैयाँले तीनकुनेमा के बन्यो ? अहिले देखाउन मिल्ने केही छैन । तीनकुने ब्रह्माण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै भएको छ, प्रत्येक वर्ष लाखौं रुपैयाँ निल्छ तर कहाँ जान्छ र के बन्छ केही देखिँदैन ।

‘अस्थायी रुपमै भए पनि केही गरौं भन्ने सोचाइले तीनकुनेमा बेलाबेलामा काम भएको छ,’ तीनकुनेलाई सुन्दर बनाउने जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले नागरिकसँग भने, ‘कहिले विदेशी आँउदा छेक्न प¥यो भनेर जस्ताको बार लगाइयो, कहिले मण्डला बनाउने योजना बन्यो, तर विभिन्न कारणले सबै काम रोकिए । अब तीनकुनेलाई राम्रो पार्कको रुपमा विकास गर्न स्थायी समाधान खोज्नुपर्छ ।’

तीनकुनेलाई आकर्षक पार्क बनाउने योजना धेरै पहिलाबाट सुरु भएको हो । सन् २००२ जनावरी ४ देखि ६ सम्म काठमाडौंमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन ९सार्क० को ११औं शिखर सम्मेलन हुँदा पनि तीनकुनेमा रातारात पार्क बनाइएको थियो । दुई चारवटा रुख, सानो पोखरी, हरियो दुबो तीनकुनेमा रातारात उम्रिएका थिए । त्यतिबेला कति खर्चमा त्यो तामझाम गरिएको थियो हिसाब महानगरपालिकासँग छैन । त्यो तामझाम लामो समय टिक्न सकेन । शिखर सम्मेलन सकियो, पार्कको आयु पनि सकियो ।

‘सन् २००२ मा सार्क सम्मेलनका बेला तीनकुनेमा पार्क निर्माण गर्दा ठ्याक्कै कति खर्च भएको हो मलाई सम्झना छैन । तर त्यतिबेला सरकारले धेरै खर्च गरेको छैन । केही व्यक्तिले सहयोग पनि गरेका थिए,’ तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापितले भने ।

काठमाडौं महानगरपालिकामा सन् २०१४ को अन्तमा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भएयता तीनकुनेका नाममा भएको खर्चको विवरण भने भेटिन्छ । २०१४ नेभेम्बर २६ र २७ गते सम्पन्न सार्क सम्मेलनअघि पनि तीनकुनेमा बगैंचा बनाउने कुरा उठ्यो । बगैंचा बनाउन सरकारले एक करोड रुपैयाँ छुट्यायो । तर पार्क बनेन । सार्क नजिकिएका कारण पार्क बनाउन नभ्याइने बताउँदै महानगरपालिकाले अन्तमा तीनकुनेलाई जस्तापाताले बार्ने काम गर्यो ।

सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने नेपालबाहेकका सात राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले तीनकुनेभित्रको कन्तबिजोग नदेखून् भनेर जस्तापाताले बारिएको थियो । तीनकुनेको हबिगत त्यतिबेला पनि त्यस्तै थियो, जुन अहिले छ । सार्क सम्मेलन सम्पन्न भएपछि महानगरपालिकाले जस्ताले बार्दा एक करोड रुपैयाँ खर्च भएको विवरण अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थले हिसाब पत्याउन नसकिने खालको भएको भन्दै रकम निकासा नगरेपछि महानगरपालिकाको १४ लाख ९० हजार लागेको भनेर खर्च दाबी घटाएको थियो । अर्थले पछि १४ लाख ९० हजार रुपैयाँ निकासा गरिदिएको थियो ।

सार्क सम्मेलनकै अवसरमा तीनकुनैसँगै रहेको (सिनामंगल जाने बाटोतर्फ) ‘आइल्यान्ड’ को सजावट र घडी राख्न चौधरी ग्रुपले २० लाख रुपैयाँ खर्चेको थियो । चौधरी ग्रुपले बनाएको घडीले अहिलसम्म सही समय दिँदै आएको छ । यो आइल्यान्ड केही हेर्न लायक छ। चौधरी ग्रुपले पाँच वर्षसम्मका एक एजेन्टमार्फत यो आइल्यान्ड सजाउने जिम्मा पाएको हो । उसले सीधै महानगरपालिकासँग सम्झौता गरेको होइन । आइल्यान्डको मर्मतसम्भारका लागि चौधरी ग्रुपले प्रत्येक वर्ष साढे २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यहाँ चौधरी ग्रुपले हालसम्म साढे २७ लाख रुपैयाँ खर्च गरिसकेको छ । अब बाँकी दुई बर्षमा उसले थप ५ लाख रुपैयाँ खर्चिनेछ।

‘महानगरपालिकाले तीनकुनेमा जे गर्न लागे पनि कुनै न कुनै समस्या आइहाल्छ । योजना बन्छन्, कार्यान्वयन गर्न लाग्दा तीनकुनेको मुअब्जाको कुरा उठ्छ । स्थानीयको विरोध हुन्छ । काम रोकिन्छ,’ कार्यकारी निर्देशक शर्माले भने ।

१८ औं सार्क सम्मेलनपछि तीनकुने थपा सज्जिने अवसर पायो तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा । सन् १०१६ नोभेम्बर पहिलो साता मुखर्जी नेपाल आउँदा पुनः तीनकुनेलाई पार्क बनाउने कुरा उठेको थियो । सरकारले निर्णय पनि गर्‍यो। तर बनेन, कारण पुरानै– समय पुगेन । मुखर्जीले नेपाल भ्रमण गर्ने मितिसम्म सार्क सम्मेलनका बेला राखिएका केही जस्तापाता हराइसकेका थिए । बचेका जस्तापातालाई त्रिभुवन विमानस्थलबाट तीनकुने हुँदै बानेश्वरतर्फ जाने सडकमा सार्ने काम भयो । जस्ता सार्न ८६ हजार रुपैयाँ खर्च भयो ।

सार्क सम्मेलनका बेला बारका रूपमा प्रयोग गरिएका १४ लाख ९० हजार रुपैयाँको जस्तापाता अहिले तीनकुनेमा एउटा पनि भेटिँदैन। केही थान जस्तापाता काठमाडौं महानगरपालिकाले ल्याएर राखेको छ, बाँकी कसले कहाँ लग्यो कसैलाई पत्तो छैन । रेखदेखको जिम्मेवारी पाएको महानगरपालिका तीनकुनेका जस्तापाता कहाँ गए भन्नेबारे बेखबर छ । ‘खाली जग्गा, सुरक्षा पनि भएन र हेरचाह गर्ने पनि भएनन्,’ कार्यकारी निर्देशक शर्माले भने । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस