२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख सहमतिमै चयन गर्न देउवा अग्रसर

अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीले शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख चयनका लागि दलीय छलफल सुरु गरेका छन् । मंगलबार कांग्रेसको आन्तरिक छलफलमा दलीय सहमतिमा स्वतन्त्र व्यक्तिलाई प्रदेश प्रमुख बनाउन सुझाब आएलगत्तै प्रधानमन्त्री देउवाले दलीय छलफल थालेका हुन् । राष्ट्रिय दल बनेका चार पार्टीका शीर्ष नेतासँग छलफल गर्ने र बिहीबार सर्वदलीय छलफल गर्ने तयारी देउवाले गरेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभाको निर्वाचन सहमतिका आधारमा गर्ने विषयमा छलफल भएको जानकारी दिए । ‘प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने र यसका प्रक्रियाका विषयमा प्रचण्डजीसँग कुराकानी भयो,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘यसका लागि बिहीबार पाँच दलको (सर्वदलीय) बैठक डाक्ने कुराकानी भएको छ ।’ राष्ट्रिय दलका शीर्ष नेतासँग ‘वान टु वान’ छलफलपछि बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले विवाद नआउने गरी प्रदेश प्रमुख नियुक्त गर्न पार्टीबाट सुझाब दिइएको जानकारी दिए । ‘छिटो राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा र प्रदेश प्रमुख नियुक्त गर्न सुझाब दिएका छौँ,’ खाणले भने, ‘दलबहरूबीचको सहमतिमा पछि पनि विवाद नआउने गरी राजनीतिकभन्दा स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्नुपर्छ भन्ने हाम्रो सुझाब छ । प्रधानमन्त्रीको तयारी पनि यस्तै छ ।’ राष्ट्रिय दलसँग छलफल गरेपछि आउँदो मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख, प्रदेशका अस्थायी सदरमुकाम र निर्वाचन आयोगसँगको परामर्शमा राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस