फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


१८ पुस २०७४, मंगलबार


पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९/७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० कायम गरिएको छ ।

भारतीय आयल निगमले सोमबार नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस