नयाँ वर्ष २०१८ आजदेखि सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नयाँ वर्ष २०१८ आजदेखि सुरु


१७ पुस २०७४, सोमबार


काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ आजबाट सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुवात भएको हो । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत्सम्बन्धी अनुसन्धानमा लाग्नुभएका डा. शास्त्रदत्त पन्त बताउछन् ।

‘इस्वी सनमा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो’, उनले भने ।

पोप ग्रैगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस