२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसका युवा नेताको आग्रह, ‘७० कटेका नेता विश्राम लिनोस्’

अ+ अ-

काठमाडौं । कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका हुन् ।

निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग गर्दै आएका छन् । नेविसंघ ३ नम्बर प्रदेश कार्यसमितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ औषधिका रूपमा चित्रण गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।

निर्वाचन परिणाम आएलगत्तै भण्डारीको संयोजनमा युवाको समूहले निर्वाचन समीक्षा र नेतृत्व हस्तान्तरण मुद्दा उठाउन विशेष महाधिवेशन माग गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन होइन, केन्द्रीय कार्यसमिति बैठक मात्रै बोलाउने बताएका छन् । ‘नेपालीको अौसत आयु ७० वर्ष छ । तर हाम्रा नेताको उमेर ७२्७४ पुगिसक्यो । आईसीयूमा पुगेको कांग्रेसलाई अब यी बूढा डाक्टरले शल्यक्रिया गर्न सक्दैनन्,’ भण्डारीले भने, ‘समयअनुसार चल्न नसक्ने यी नेतालाई अब बिदा गर्नुपर्छ ।’

पार्टीले लज्जास्पद पराजय भोग्दा पनि नेतृत्वमा होस नखुलेको भण्डारीले बताए। शुक्रबार नै समानुपातिक सदस्य छनोट गर्ने क्रममा पार्टी विधान र पद्धति मिचेर नेतृत्वले छोरीलाई दाइजो दिएजस्तो व्यवहार गरेको भन्दै उनले आपत्ति प्रकट गरे। ‘जसले आफ्नो इतिहास जोगाउन सकेन, त्यस्ता नेताबाट हामीले के आशा गर्ने र ?’ भण्डारीले थपे, ‘समानुपातिक पद्धति दाइजो हो कि न्याय गर्नका लागि ल्याइएको हो ?’

युवा नेता गगन थापाले कांग्रेसको नवजागरणका लागि पहिलो पुस्ताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘यो नेतृत्वप्रति अनुदार होइन। पार्टीको पहिलो पुस्तालाई योभन्दा बढी भारी बोकाउनु उहाँहरूप्रति पनि अन्याय हो,’ थापाले भने, ‘अब विश्राम लिनुहोस् र अभिभावकको भूमिकामा बस्नुहोस्।’ यसो भन्नुको अर्थ आफैंले पार्टी नेतृत्व गर्न पाउनुपर्ने दृष्टिकोण आफ्नो नरहेको थापाले प्रस्ट पारे। आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments