२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गल्छी–रसुवागढी सडक विस्तार युद्धस्तरमा

अ+ अ-

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ ।

काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक आठ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाएर काममा दिइएको तीव्रताले पछिल्लो समय प्रगति उत्साहजनक रहेको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।

विसं २०७३ पुस १ देखि शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम २१ महिनामा पूरा गर्नुपर्ने भए पनि निराशाजनक भएपछि लक्ष्य पूरा गर्न यातायात सञ्चालन बन्द गरी युद्धस्तरमा तीव्रता दिई तोकिएको समयमा पूरा गर्न सक्षम रहेको योजना प्रमुख देवकोटाको भनाइ छ । ‘सडक निर्माणको काम ढिलाइ हुनुका कारण खोजेर त्यसको समाधानका लागि प्रयास भइरहेकाले काममा तीव्रता र उत्पन्न समस्या समाधान पनि सँगसँगै अघि बढाइएको छ’, उनले भने, ‘सडक विस्तारका लागि घर, टहरा र जग्गाको मुआब्जा वितरण, सामुदायिक वन क्षेत्रमा सडक विस्तारका लागि अनुमति र विद्युतीय खम्बा स्थानान्तरणको समस्या समाधानको प्रयास भइरहेको छ ।’

सडक विस्तारको काम सम्झौता अवधिभन्दा छ महिना थप गरी २७ महिना पुर्याइएको छ । उनले भने, ‘पहिलो पटक थप भएअनुसार विसं २०७५ फागुन ५ मा आयोजना पूरा गर्नुपर्ने नयाँ समयसीमामा काम सम्पन्न हुन्छ ।’ पृथ्वीराजमार्गस्थित धादिङको गल्छीबाट शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको हुने छ । सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमी सडक (गल्छी–त्रिशूली–मैलुङ)को काम सम्झौता भएर काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र रहेको प्रगति निराशाजनक भएकाले सुधार गर्न कामलाई तीव्र बनाउन ठेकेदार पक्ष कोभेक, टुण्डी र रसुवा कन्स्ट्रक्सन पक्षसमेतले प्रतिबद्धता जनाएका छन् ।

सडक निर्माणको शुरुआती समयको प्रगति निराशाजनक भए पनि पछिल्लो समय युद्धस्तरमा कामलाई तीव्र बनाइएकाले सडक विस्तारमा उत्पन्न समस्या सरकारी पक्षले समाधान गरेमा योजना पूरा गर्न सक्षम रहेको ठेकेदार पक्षका इ गौरीशंकर महतोले दाबी गरे ।

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुंगे बजारसम्म चार लेन बनाउन लागिएको छ । दुई लेन सडकमा ११ मि कालोपत्र हुने र सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मि जग्गा अतिक्रमण गरिने आयोजना पक्षले जनाएको छ ।

नेपाली सेना, ठेकेदार पक्ष र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक ठेक्का पाएका तीन कम्पनीमध्ये टुण्डी निर्माण कन्स्ट्रक्सनले गर्दै आएको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमी सडक नेपाली सेना र बाँकी स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारले निर्माण जारी राखेका छन् ।

रु नौ अर्ब ५० करोड लगानीमा निर्माण गर्न लागिएको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किमी सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो ।

चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्गसमेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिंगो मुलुकको आर्थिक विकासका लागि यो सडकलाई सामरिक महत्वका रुपमा समेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस