२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसी गिरीलाई २५ लाख

अ+ अ-

काठमाडौं । सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । सरकारको यो निर्णयलाई गोप्य राखिएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार डा. गिरीलाई २५ लाख दिने उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाको प्रस्ताव बैठकले स्वीकृत गरेको हो । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारकै पालामा डा. गिरीले उपचारका लागि आर्थिक सहायता माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए ।

यसैगरी मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सयभन्दा बढीलाई आर्थिक सहायता दिने निर्णय गरेको जनाइएको छ ।

सरकारले दुवै मिर्गौला बिग्रिएर ट्रान्सप्लान्ट गरेका पीडित, क्यान्सरपीडित र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई पनि मासिक पाँच हजार जीवीकोपार्जन भत्ता दिने निर्णय गरेको छ । बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि विश्व बैंकले दिने ६० मिलियन डलर (करिब ६ अर्ब २१ करोड) ऋण सहायता लिन स्वीकृति प्रदान गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले कोरिया सरकारले काठमाडौं विश्वविद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि उपलब्ध गराउने एक अर्ब चार करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. पुष्पा चौधरीलाई बढुवा गर्ने निर्णय गरेको छ । यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कामु सचिवमा अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई जिम्मेवारी दिने निर्णय गरिएको छ। बैठकले दुई सचिवको सरुवा गरेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव कृष्णराज बिसीलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालय र शान्ति तथा पुनर्निर्माण सचिव गजेन्द्रकुमार ठाकुरलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरेको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस