पूर्वराजपरिवार पश्चिम नेपालको भ्रमणमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वराजपरिवार पश्चिम नेपालको भ्रमणमा


प्रशासन विशेष ब्युरो

१३ पुस २०७४, बिहिबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि पश्चिम नेपालको भ्रमणमा निस्केका छन् ।

परिवारसहित अपरान्ह पाँच बजे नेपालगञ्ज विमानस्थलमा उत्रेका पूर्व राजा शाहको स्वागतमा बाजागाजासहित ठूलो संख्यामा समर्थकहरु उपस्थित रहेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीलगायतको टोली नेपालगञ्ज विमानस्थलबाट सिधैं सोल्टी होटल पुगेको थियो।

पूर्व राजपरिवारको स्वागतका लागि नेपालगञ्जमा नेपाल विद्धत परिषद्का केन्द्रीय उपाध्यक्ष अधिवक्ता दिपकबहादुर सिंहको संयोजकत्वमा २ सय १ सदस्यीय स्वागत मूल समारोह समिति गठन गरिएको छ।

उनी काठमाडौंबाट अपराह्न ३ः४५ को श्री एयरलाइन्स चढेर नेपालगञ्ज पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस