२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश भ्रमणमा पहिलो चौमासिकमै सकियो ६ करोड

अ+ अ-

काठमाडौं । आर्थिक वर्षको पहिलो चार महिनामा प्रधानमन्त्री र कर्मचारीको विदेश भ्रमणमा राज्यकोषको करिब ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार चार महिनामा पाँच करोड ९३ लाख सकिएको छ ।

गत आवमा विदेश भ्रमणमा एक अर्बभन्दा बढी खर्च भएको थियो । विदेश भ्रमणमा अस्वाभाविक खर्च बढेपछि सरकारको आलोचना भएको थियो । अर्थ मन्त्रालयले चालू आव ०७४/७५ मा विदेश भ्रमणमा कडाइ गर्ने बताए पनि खर्च गर्ने क्रम रोकिएको छैन ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरी अत्यावश्यकबाहेकका विदेश भ्रमणमा रोक लगाएकै समयमा ६ करोड सकिएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयले यो खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदाको खर्च जोडे पनि उनले ७ भदौमा गरेको भारत भ्रमणको खर्च समावेश नगरेको जनाएको छ । विदेश भ्रमण शीर्षकमा भएका खर्चमा दैनिक भ्रमण भत्ता र हवाई टिकट मात्र जोडिएको छ, अन्य शीर्षकमा भएको खर्च भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

पछिल्लो समय राज्यको हितमा भन्दा निजामती कर्मचारीले रमाइलोका लागि विदेश भ्रमण गर्ने गरेको पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको आरोप छ । चार महिनामा विदेश भ्रमण भत्ता र हवाई टिकटमा मात्र करिब ६ करोड सकिनु अस्वाभाविक भएको उनले बताए । यस्ता भ्रमणबाट कुनै व्यक्तिले फाइदा लिन सक्ने भए पनि राज्यलाई कुनै उपलब्धि हासिल नहुने क्षेत्रीको भनाइ छ । ‘त्यस्ता भ्रमण कुनै तयारीविनै हुन्छ, त्यहाँबाट केही सिक्ने, हाम्रो अनुभव आदान प्रदान गर्ने हुँदैन,’ पूर्वमुख्यसचिव क्षेत्रीले भने, ‘हाम्रा कर्मचारीहरू विदेश गएर विदेशी समकक्षीसँग अनुभव आदान–प्रदानमा समेत जोड दिँदैनन् ।’

विदेश भ्रमण भनेपछि जस्तो कार्यक्रममा पनि जाने प्रवृत्ति कर्मचारीमा देखिएको उनको अनुभव छ । ‘कर्मचारीमा वर्षमा कतिपटक विदेश भ्रमणमा गयो भन्ने आधारमा सान बढ्न थालेको छ । यसले राज्यको हित गरेको छैन,’ क्षेत्रीले भने, ‘कुन भ्रमणमा को जाने र किन जाने भन्ने कारण खोजिँदैन, छनोट विधि नै नहुँदा असम्बन्धित मान्छे भ्रमणमा बढी जाने गरेका छन् ।’

पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री विषयसँग सम्बन्धित कर्मचारी नजाने, रहर र सोखका कारण जाने विकृति बढेको बताउँछन् । यसबाट देशले कुनै फाइदा नपाउने उनले बताए । ‘जानेहरू विधिसम्मत गएका छैनन्, त्यसकारण यो खर्च अस्वाभाविक हो,’ क्षेत्रीले भने, ‘मान्छेहरू गएका गएै छन्, तर उपलब्धि केही छैन । दैनिक भ्रमण भत्ता लिने र घुमेर फर्कनेभन्दा थप उपलब्धि भएन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस