म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही « प्रशासन
prasaLogo
८ पुष २०७४, शनिबार

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही


प्रकाशित मिति : 23 December, 2017 2:36 pm

Karnali

काठमाडौं । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग पनि गरे ।

सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उनले भनेका छन् ।

यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उनले सबैमा आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस