स्थानीय तहमा कर्मचारी अभाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय तहमा कर्मचारी अभाव


८ पुस २०७४, शनिबार


पाल्पा । स्थानीय तहको कार्यशैली प्रभावकारी नहुँदा यहाँ विकासले गति लिन सकेको छैन । जनप्रतिनिधि भने ऐनमा ढिलासुस्ती र चुनावका कारण काम अघि बढाउन नसकिएको बताउँछन् ।

‘निर्वाचित भएपछि ऐन, कानुन र कर्मचारी अभाव भयो,’ तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले भने, ‘प्राविधिक नहुँदा काम अघि बढाउन सहिएन ।’

जिल्लामा दुई नगर र आठ गाउँपालिका छन् । वडाध्यक्ष सागरमान महर्जन भने नगरपालिकाले पेस्की लिन नदिएपछि विकास निर्माण सुस्त भएको बताउँछन् । नगरले वडामा ४५ लाखका दरले बजेट विनियोजन गरेको छ ।

परम्परागत शैलीकै कर्मचारी प्रशासन र सिकारु जनप्रतिनिधि भएकाले पनि योजनाले गति लिन नसकेको हो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस